प्रहर खबर
 २०८१ जेठ ३, बिहीबार    

हेटौंडामा एक युवाले अर्काको नागरिकतामा आफ्नो फोटो टासेर लाइसेन्सको ट्रायल दिन गएपछि...

२०८० चैत्र २१, बुधबार ०९:१९ बजे

हेटौंडा – यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेशले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट महाबौद्ध गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३३ को गगन शाही रहेका छन् ।

हेटौंडा–११ स्थित बागेश्वरी ड्राईभिङ एकेडेमी, बाघथली ट्रायल सेन्ट्ररमा बर्ग बि को प्रयोगात्मक परिक्षा दिने क्रममा शाहीले नक्कली प्रशिक्षार्थी बनेर मिलन शर्माको नागरिकतामा आफ्नो फोटो टाँस ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

शर्मा एप्लिकेन्ट आईडी नं.६८५५८८, नागरिता नं.४४३७५ भएको ट्रायल दिने क्रममा वास्तविक प्रमाण पत्र चेकजाँच गर्दा शाहीको प्रमाण पत्र सक्कली नभएको कारणले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।