प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा यात्रुबहाक सुमो दुर्घटना

२०८० फाल्गुन २३, बुधबार २१:१४ बजे

हेटौंडा – कान्तिलोकपथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिमातमा यात्रुबाहाक टाटा सुमो दुर्घटना भएको छ । बुधबार ५ बजेर ३० मिनेटको समयमा काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज २३२२ नम्बरको सुमो बेक्र फेल भएर दुर्घटना हँदा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी हेटौंडा ल्याईएको बताईएको छ । उनीहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमो चालक राक्सीराङ गाउँपालिका वडा नं. २ बस्ने २२ बर्षीय सरोज प्रजा प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

घाइतेहरुको नामावलीः

सहकारी अस्पताल हेटौडामा उपचार भई रहेको:-
१. जिल्ला बारा बड्कानौतन बस्ने बर्ष अं. ४० की श्रीपती देवी साह दाहिने हात र टाउकोमा चोट सामान्य
२. ऐ. महागढीमाई न.पा. २ बस्ने बर्ष अं. ३४ को उपेन्द्र प्रसाद कुसवहा टाउकोमा सामान्य चोट
३. निजको छोरा बर्ष अं. ६ को रुपेश कु. कुसवहा च्यापुमा सामान्य चोट
४. ऐ.ऐ. बरियारपुर बस्ने बर्ष अं. ४१ को सुरेश कुसवहा टाउकोमा चोट अबस्था मध्यम
५. ऐ. बिन्दबासिनी गा.पा. २ बस्ने बर्ष अं. २३ को सागर कुमार चौरसिया दाहिने कुममा चोट अबस्था सामान्य
६. ऐ. बिरगंज म.न.पा. ६ गहवा बस्ने बर्ष अं. ३१ को अनुप चालिसे दाहिने हातमा चोट अबस्था सामान्य

हेटौडा अस्पतालमा उपचार भई रहेको:-
१. जिल्ला पर्सा बिश्रामपुर न.पा. ९ बस्ने बर्ष अं. २८ की सलोनी गुप्ता कलवार कुम र टाउकोमा चोट अबस्था मध्यम
२. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. १४ कुलेश्वर बस्ने बर्ष अं. ३४ को चन्दन कुमार यादव टाउको, निधार र छातीमा चोट अबस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को सन्जु कुमार चौधरी ढाडमा चोट अबस्था मध्यम