प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भुवा पर्वमा सार्वजनिक बिदा

२०८० पौष २६, बिहीबार ०८:०१ बजे

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन् । बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।

पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन् । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।