प्रहर खबर
 २०८० जेठ २०, शनिबार    

काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस(सूचीसहित)

२०७९ भाद्र १६, बिहीबार १६:५५ बजे

काठमाडौं – नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले जिल्लाको दशवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको लागि सिफारिस गरेको छ । क्षेत्रीय कमिटीहरुलाई दिएको डेडलाइनभित्र वुधबार जिल्लाको दशवटै क्षेत्रबाट नाम सिफारिस भएको हो ।

जिल्ला पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार एकै समयमा क्षेत्रीय कमिटी बैठक आह्वान गरेको थियो । दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस भएको छ भने केही नाममा छलफल चलिरहेको एमाले छ ।

यी हुन् प्रतिनिधिसभामा एमालेबाट काठमाडौंका १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवार:

क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २ः मणीराम फुयाल

क्षेत्र नम्बर ३ः कृष्ण राई

क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल

क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ः राजेश शाक्य

क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, हिमेष केसी