प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमो थाहामा मिनीट्रकमा आगलागी

२०७९ आश्विन २७, बिहीबार ०९:०८ बजे

हेटौंडा – मकवानपुरमो थाहा नगरपालिकामा मिनिट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका वडा नं.२ गैरीगाउँको भित्री सडकमा बिग्रेर रोकेर राखेको बा.प्र.०१–००६ ख ३२८९ नम्बरको मिनिट्रकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार ट्रकमा लागेको आगलागी नियन्त्रणमा आएको छ भने ट्रक अगाडीको सम्पुर्ण भाग जलेर क्षति भएको छ । उनले आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।
सांकेतिक तस्बिर