प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा १० बाट लामा पक्राउ

२०८० बैशाख १९, मंगलबार ०२:४३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका वडा न. ४ निबुवाटार बस्ने २९ वर्षीय दिनेश लामा रहेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१० भुटनदेवीस्थित बिधुत प्राधिकरण अगाडिबाट लामालाई सोमबार साँझ पक्राउ गरेको हो ।

सडकमा हिडिरहेको अवस्था चेकजाँच गर्दा लामाको साथबाट ओनरेक्स ८ बोतल (प्रति बोतल १०० एम.एल.) फेला परेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनीमाथि आवश्यक कारबाही तथा अनुुसन्धान भइरहेको उनले बताए ।