हेटौंडा – हेटौंडामा लागुऔषध सेवन गरी कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ मानेडाँडास्थित बस्ने २५ वर्षीय सुमन गोम्बा रहेका छन् ।
गोम्बाले लागुऔषध सेवन गरी छिमेकी ३० वर्षीय बुद्ध लामालाई कुटपिट गरी घाईते बनाएको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
उक्त खबर जानकारी पाएपछि प्रहरीले गोम्बालाई नियन्त्रणमा लिएको छ । खानतलासी गर्दा उनको साथबाट लागुऔषध नाइट्राभेट २४ पिस (ट्याबलेट) फेला पारेको प्रहरीले जनाएको छ ।
गोम्बालाई लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।