प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

आफ्नै श्रीमतीको विभत्स हत्या

२०७९ श्रावण १२, बिहीबार १५:३१ बजे

हेटौंडा – एक युवक आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका–१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्री पक्राउ परेका हुन् ।

आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा फेला परेकी थिइन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिए पश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी सुतेकोमा श्रीमती समेतले अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिएर रक्सी किनेर खाएर सुतेकी थिइन् । यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ ।