प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चिर्पट प्रहार गरी हत्या, एक युवक पक्राउ

२०७९ कार्तिक ३०, बुधबार ०८:५४ बजे

हेटौंडा – मोरङको बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसी बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।