प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर एक महिलाको मृत्यु

२०८० भाद्र २९, शुक्रबार ०४:२८ बजे

दैलेख – दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए। चट्याङ लागेर १६ जना घाइते भएका छन्।