प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मतगणना अपडेटः हेटौंडामा गठबन्धनको अग्रता कायमै

२०७९ जेठ ५, बिहीबार ०९:२८ बजे

हेटौंडा – बागमती प्रदेशको एक मात्र उमहानगरपालिका हेटौंडाको मतगणना जारी छ । प्राप्त जानकारी अनुसार हेटौंडाको ५५ हजार ३८७ मतगणना हुँदा मेयर पदमा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना कुमारी लामाले अग्रता कायमै राखेकी छन् । उनले १७ हजार ३४३ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले १६ हजार १६३ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले १५ हजार ५१४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार राजेश बानियाँले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो अपडेट अनुसार १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको छ भने अन्यको मत गणना जारी छ ।