हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.६ जुरीखेत एघार घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्सा बीरगंज महानगरपालिका वडा नं.१५ लक्षुमन्वा बस्ने बर्ष ४० को वृत नारायण यादव रहेका छन् ।
भिमफेदी कुलेखानी काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको प्र.२–०३–०११ प ३४७४ नम्बरको पल्सर मोटरसाइकल सोमबार अपह्रान्न ४ बजेर ३५ मिनेटको समयमा आफै अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना हुँदा चालक यादव र बारा फेटा गाउँपालिका वडा नं.७ बस्ने बर्ष ३६ को रमेश पाण्डे घाइते भएका थिए ।
उनीहरुको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा गम्भीर घाइते भएका चालक यादवको साझ ७ बजेर ३० मिनेट डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार पाण्डेको अवस्था भने मध्यम रहेको छ । मोटरसाइकल पूर्ण क्षति भएको छ ।