हेटौंडा – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १० हजार र प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधितर्फ १० र प्रदेशतर्फ ५ हजार धरौटी रकम राख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकम ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको दुई वटा मनोनयपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनपत्रको मात्र धरौटी लाग्नेछ ।
