हेटौंडा – नेपाल स्वयम्सेवी रक्तदाता समाज मकवानपुर शाखाले भोलि शनिबार बिहान हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
रक्तदाता समाजको शाखा स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदान गर्न लागिएको हो । बुद्धचोकमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने समाजका शाखा अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिएका छन् । हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने बताइएको छ ।
यस्तै हेटौंडा–२ स्थित सिद्धार्थ माविका बालबालिकाको लागि कानको निःशुल्क परीक्षण सिबिर आयोजना गरिएको छ । बालबालिकाले कक्षाकोठामा पठनपाठनमा ध्यान दिन नसक्नुको पछाडि कानको समस्या पनि हुनसक्ने र त्यो थाहा नभएका कारण समस्या बढ्दै जाने भएकोले समयमै परीक्षण गरी ढुक्क हुनुपर्ने भएकोले कानको परीक्षण सिबिर लगाइएको विद्यालयले जनाएको छ ।
किवानिज क्लब अफ मकवानपुरले सिद्धार्थ माविमा बालबालिकाको कान परीक्षण सिबिर बिहान १० बजेदेखि परीक्षण गर्न लागेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिएका छन् । हेटौंडा अस्पतालका इएनटी बिशेषज्ञ चिकित्सकले कान परीक्षण गरी आवश्यकताअनुसार औषधि पनि बितरण गरिने किवानिज क्लब मकवानपुरका अध्यक्ष माधब गौतमले जानकारी दिए ।