हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.१२ कोलखोपमा लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१७ गैरीगांउ बस्ने बर्ष ३८ को श्रीकृष्ण बि.क. रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी काठमाडौँ–तराई–मधेश द्रुतमार्ग(फास्ट ट्र्याक) मा काम गर्ने कर्मचारी हुन् । उनी काम सकेर फर्किने क्रममा सोमबार साँझ लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बिकको उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि
सोही दिनको राति नयाँ मेडिकल कलेज भरतपुरमा पठार्ईएको थियो । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।