हेटौंडा – सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको दिन सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए। वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ। यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो।
