काठमाडौं – काठमाडौंमा एक पुरुषको शव फेला परेको छ ।
शनिबार कीर्तिपुर नगरपालिका–१०, चोभार गेटनजिक वाग्मती खोलामा अन्दाजी ३० वर्षीय पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक पुरुषको हाल नामथर, ठेगाना नखुलेका छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।