प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्यलाई स्वागत

२०७९ श्रावण ८, आईतबार ०९:०३ बजे

हेटौंडा – सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरेको छ । आइतबार एक परिचयात्मक कार्यक्रम आयोजाना गरी प्रहरी नायब महानिरीक्षक बज्राचार्यलाई स्वागत गरीएको हो । 

कार्यक्रममा  बोल्दै प्रदेश प्रहरी प्रमुखले समाजमा अपराध रोकथान एवं शान्ति सुरक्षा कायम गर्नमा सामुदायिक सेवा केन्द्रले खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत अझ बढी क्रियाशिल भई लाग्ने विश्वास समेत व्यक्त गरे । उनले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरद्धारा आयोजित सप्ताहव्यापी वृक्षारोपण कार्यक्रममा शुभारम्भ समेत गरेका थिए । कार्यक्रममा उपस्थित सामुदायिक सेवा केन्द्रका संस्थापक सदस्य, वर्तमान पदाधिकारीहरु, स्थानिय वुद्धिजिवि एवं समाजसेवी, संघसंस्था तथा आमा समुहहरुको उपस्थित रहेको थियो ।