प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

लागुऔषधसहित श्रीमान्–श्रीमती पक्राउ

२०७९ श्रावण २०, शुक्रबार ०४:२७ बजे

सुर्खेत – सुर्खेतमा लागुऔषधसहित श्रीमान्–श्रीमती पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खे तका लागुऔ षध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खे तबाट खटिएका प्रहरीको टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई बिहीबार पक्राउ गरेको हो ।

नौ मूले गाउँपालिका–२ दैले ख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खे त गुरुङ चोकस्थित बाटु सार्कीको घरमा बस्ने उनीहरूलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खे तका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शङ्कास्पद अवस्थामा कोठामा बसिरहेका उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।