प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

जुन स्कुलमा पढ्यो, त्यहीको बसले लियो ५ बर्षीया बालिकाको ज्यान

२०८० फाल्गुन २८, सोमबार १९:३७ बजे

हेटौंडा – बोर्डिङ स्कुल बसको पछाडिको चक्काले कुल्चिँदा ५ बर्षीय बालिकाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ शिवपुरस्थित सडकमा बीबीएस बोर्डिङ स्कुल ठाकुरद्वारा बर्दियाको ना.४ ख ६२७१ नम्बरको बसको पछाडिको चक्काले कुल्चिँदा सोही नगरपालिका शिवपुर बस्ने सीता सुनारकी छोरी ५ वर्षीय सबिता सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ती बालिका आइतबार बसबाट झरी घरतर्फ जाने क्रममा पछाडिको चक्काले कुल्चिँदा गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज कोलहपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।