प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओभर बर्डेनले सामरी खोला छेक्दै शिवम् सिमेन्ट उद्योग

२०८० माघ ८, सोमबार ११:२७ बजे

हेटौंडा – शिवम् सिमेन्ट उद्योगले फेरी दादागिरी शैलीमा खानीक्षेत्रमा चुनढुङ्गा उत्खनन् सुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं.७ र ८ मा रहेको खानी क्षेत्रको ओभर बर्डेन समुचित व्यवस्थापन गरेपछि मात्रै उत्खनन् गर्ने सहमती गरेको थियो । तर त्यो सहमती कार्यान्वयन नै नगरी उल्टै सामरी खोला र खोल्साहरुमा ओभर बर्डेन खन्याईरहेको पाईएको छ ।

हाल उद्योग मकवानपुरगढी–७ स्थित खोटार खानीमा चुनढुङ्गा उत्खनन् गरिरहेको छ । त्यहाँबाट निस्किएको सबै ओभर बर्डेन सामरी खोलामा खसालेको पाईएको हो । ओभर बर्डेनको थुर्पोले सामरी खोला थुनिने अवस्थामा पुगेको छ । यही गतिमा खानीको उत्खनन् जारी भए अब केही दिनमै सामरी खोला थुनिन पुग्ने स्थानीयहरु बताउँछन् ।

उद्योगले वन तथा भू–संरक्षण मन्त्रायल, वन विभागसंग गरेको सम्झौता कार्यान्वयन गरे, नगरेको पल्टाएर हेर्ने हो भने खानी तत्काल बन्द गर्नुपर्ने स्थिती देखिन्छ । तर, सरोकारवाला निकायहरु आर्थिक चलखेलमा लाग्ने गरेको स्थानीयहरुको आरोप छ । त्यही शक्तीको आडमा सम्झौता तोडेर काम गर्दै आएको स्थानीयहरुको बुझाई छ ।

खानी हेर्न जाँदै सिडिओ
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले शिवम सिमेन्ट उद्योगको खानीक्षेत्रको निरीक्षण गरिने बताए । “तपाईहरुले जानकारी दिनुभयो, हामीलाई जानकारी भयो, उद्योगका प्रतिनिधिहरुलाई बोलाएर हामी हेछौँ,” उनले भने, “त्यस्तो गरेको रेछ भने हामी नगर भन्छौँ ।”

पालिका एक्सनमा उत्रिन सक्दैन, उद्योग भनेको मान्दैन
शिवमको ज्यादतीका कारण खानीक्षेत्र र सामरी खोला तटिएको क्षेत्रका स्थानीयहरु जोखिममा छन् । यस विषयमा पालिकाले दरिलो निर्णय लिएर उद्योगको दोहन विरुद्ध एक्सनमा उत्रिन सकेको छैन । पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान स्थानीय तह बाईपास गरेर संघिय नीति नियम अन्तर्गत खानी सम्झौता हुँदा आफुहरु समस्यामा परेको बताउँछन् । ओभर बर्डेन ब्यवस्थापन गर्न गत पुसमा १ महिनाको अल्टिमेट दिएपनि उद्योगले अहिलेसम्म काम सुरु नगरेको अध्यक्ष स्याङ्तानले बताए । उनले माघ महिनामै उद्योग पक्षसंग बैठक बसेर समस्या समाधान गरिने पनि बताए ।

शिवम सिमेन्ट उद्योगका खानी विभागका प्रमुख रामजी प्रसाद चौरासिया यस विषयमा बोल्न चाहेनन् । सम्झौता अनुसार उद्योगले चुनढुङ्गा उत्खनन् गर्दा खोलानाला थुनछेक, वनस्पतीहरुको विकासमा अबरोध, जिवजन्तुको बासस्थानमा हानीनोक्सानी, भौतिक संरचना तथा स्वरुप विगार्ने, स्थानीयको सामाजिक रितीरिवाज तथा पाराम्पारिक अधिकारको उपयोगमा व्यवधान उत्पन्न गराउन पाईदैन ।

नियामक निकाय वन तथा भू–संरक्षण मन्त्रायल, वन विभाग, स्थानीय सरकार र प्रशासन उद्योगले सम्झौता तोडेर प्रकृतिमाथि गरेको दोहनको मुखदर्शक बनेका छन् । उद्योगको ज्यादती विरुद्ध खानी प्रभावित क्षेत्रका स्थानीयहरुले आवाज उठाएपनि सम्झौता कार्यान्वयनमा कुनै निकायले चासो देखाएको छैन । उद्योगविरुद्ध एक्सनमा उत्रिन नसक्नु कतै जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमत्तो त छैन भन्ने गम्भीर प्रश्न उठेको छ ।

यो समाचार पनि पढ्नुस् 

वनको कर्मचारीलाई शिवमको धुप, अनुगमन प्रतिवेदन सँधै गुपचुप ?

सांसद बर्तौलाको नेतृत्वमा शिवमको चुनढुङ्गा खानी अनुगमन, खानी बन्द गर्ने मुखे सहमती

प्रकृतिमाथि शिवमको निर्मम प्रहार, उद्योगकै संरक्षणमा मकवानपुरगढी सरकार

शिवमको खानी क्षेत्र अनुगमन झारा टार्ने, उद्योगको अवैध काम सिडिओले देखेनन्

शिवमको कालाकर्तुतः स्वीकृती बिना बर्षौँ चुनढुङ्गा उत्खनन्(भिडियो सहित)

चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम

शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम

मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका

शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?

टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन

शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?