काठमाडौँ – त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्दैछन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नेपाल र युएईबिच फाइनल खेल सुरु हुनेछ ।
नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। त्यस्तै यूएई हङकङसँग पराजित भएपनि नेटरन रेटका फाइनल प्रवेश गरेको थियो । युएई र हङकङले एकअर्कासँग एकएक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।