काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) लगायतका नेताहरू सहभागी छन् ।
आठदलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितासँगै नायिका एलिजा गौतम पनि सहभागी भएकी छन् । नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी एलिजा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।