प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सत्ता गठबन्धनको बैठक सुरू

२०७९ पौष ११, सोमबार ०७:२४ बजे

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवनमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । सत्ता साझेदार दलको बैठक सुरु भएको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको छ । बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनता समाजवादी पार्टीका पदाधिकारी सहभागी छन् ।