हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मानसचोकस्थित एक घरको कोठामा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय ३५ वर्षीय समाज अमुगाई रहेका छन् ।
जिल्ल प्रहरी कार्यालय मकवानपुरका अनुसार अमुगाई सुतेकै ठाउँमा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाको प्रकृती हेर्दा अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।
दुई युवालाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।