हेटौंडा – गएराती मदन भण्डारी सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तिनतल्लेमा एक ट्रकमा आगलागी भएको छ ।
हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा अचानक ईन्जिनमा समस्या आएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गुडिरहेको ट्रकमा एक्कासी समस्या आएपछि ट्रक सडकको नालीमा कोल्टिएको थियो । ट्रकमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार ट्रकको केही भाग जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको पुरा विबरण भने आउँन बाँकी छ ।