प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७९ भाद्र ३०, बिहीबार ०६:०३ बजे

हेटौंडा – गोर्खाको गोर्खा नगरपालिका १३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका ६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् ।

गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे, मृत्यु भएको हो । गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे, आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।