हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ख ०८१४ नम्बरको टिफर ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परि सर्लाही ईश्वरपुर नगरपालिका–१२ बस्ने २४ वर्षीय सागर खड्का र बारा निजगढ नगरपालिका–५ बस्ने ४४ वर्षीय धर्म प्रसाद चौलागाई घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
घाईते दुबै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब १०÷१२ मिटर तल खसेको थियो ।