प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गुड्दा गुड्दै ट्रकमा लाग्यो आगो

२०८० फाल्गुन २३, बुधबार २०:४७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ चौधमाईलमा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ख ६१८ नम्बरको खाली ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधाबार साँझ ७ बजेको समयमा गुडिरहेको ट्रकमा तार सर्ट भएर अचानक आगलागी भएको हो । दमकलको सहयोगमा सुरक्षाकर्मी सहितको टोलीले ट्रकमा लागेको आगोको ४० मिनेटपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी हुँदा मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट ट्रक पुर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ ।