प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

२०७९ पौष २३, शनिबार १२:३५ बजे

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालभर २१ जना सक्रिय संक्रमित छन् ।