हेटौंडा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् भने ४ जना फरार रहेका छन् ।
विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाएर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल ४ जना फरार छन् । उनीहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।