प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मन्दिर परिसरमा शव फेला

२०७९ कार्तिक २७, आईतबार ०९:१७ बजे

काठमाडौं – ललितपुर महानगरपालिकाको नख्खुस्थित विष्णुदेवी मन्दिर परिसरमा एक जना मृत फेला परेका छन्। रामेछाप घर भई नख्खुमा बस्दै आएका ३९ वर्षीय राजन बस्नेत मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।

आइतबार बिहान मन्दिरमा पुजा गर्न आएका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेको थियो। बस्नेतको मृत्यु शंकास्पद भएको परिसरका एसपी शाहीले बताए। उनका अनुसार बस्नेतको टाउकोमा चोट, बायाँ हात पनि डिसलोकेट भएकाले शंकास्पद रहेको छ।

शव पोष्टमर्टम गर्न पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।