प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुंगानाले लिए सपथ

२०७९ पौष १३, बुधबार १५:४२ बजे

हेटौंडा – बागमती प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले सपथग्रहण गरेका छन् । बागमती प्रदेशका प्रमुख यादबचन्द्र शर्माबाट ढुंगानाले सपथग्रहण गरेका हुन् ।

७२ वर्षीय ढुंगनाले बागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् । ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए । उनि प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी भएका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा ९५० बमोजिम बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाज्यूलाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन¸ २०७५ को दफा २४ को उपदफा ९१० बमोजिम आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।