प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा गाई गोठ जल्यो

२०८० फाल्गुन २७, आईतबार २०:५६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ लेवट लक्ष्मिनारायण टोलमा आइतबार एक गाई गोठमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपह्रान्न ४ बजेर ४५ मिनेटको समयमा स्थानीय ज्ञानेन्द्र बर्तौलाको गाई गोठमा आगलागी भएको हो ।

आगलागीबाट गोठ र गोठमा रहेको पराल पुर्णरुपमा जलेर नष्ट भएको बताईएको छ । उक्त आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा बरिब दुई घण्टापछि ६ बजेर ३० मिनेटको समयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती भएको छैन ।