प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीमफेदी दुर्घटना अपडेट: बस र ट्याक्सी आपसमा ठोक्किदाँ दुर्घटना, ६ जनाको अवस्था गम्भीर

२०८१ आश्विन २३, बुधबार २१:२६ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं–४ गोल्फिन बेसिमा यात्रु वहाक बस र ट्याक्सी आपसमा ठोक्किएर दुर्घटना बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाण्डौबाट जनकपुरका लागि छुटेको बा ३ ख २७२३ नम्बरको मिनी बस बुधबर साँझ ७ बजेको समयमा एकआपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उपचार हेटौंडामा सम्भव नभएपछि चितवन रिफर गरिएको छ । दुर्घटनामा करिब २८ जना घाइते भएको बताईएको छ ।

घाइते सबैको उद्धार गरी उपचारको लागि अस्पताल ल्याईएको बताईएको छ । बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाको पुरा विवरण आउँन बाँकी छ ।