हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ बनस्खण्डीमा एक पुरुष मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मकवानपुरगढी गाउँपालिका वडा नं.३ बस्ने ५२ बर्षीय कृष्ण भन्ने ईन्द्र बहादुर खड्का मंगलबार बिहान मृत भेटिएका हुन् ।
बनस्खण्डीस्थित बस्ने बिनोद लामिछानेको पुरानो मान्छे नबसेको घरको सिडीमा खड्का मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार उनी एक महिना अगाडी देखी घर छाडेर हिडेको र बिरामी समेत भएको थिए । पोष्टमाटम पश्चात शव आफन्तले बुझेर लगेको प्रहरीले उनले बताए ।