प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कान्तिलोकपथ सडक अझै अवरुद्ध

२०८१ आश्विन ११, शुक्रबार ०९:०१ बजे

हेटौंडा – पहिरोका अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अझै खुल्न सकेको छैन । वर्षासँगै आएको पहिलो कारण मकवानपुर बकैंया गाउँपालिका वडा नं.१२ घट्टेपाखामास्थित कान्तिलोकपथमा पहिरो खसेको थियो ।

बिहिबार बिहान १ बजेर २० मिनेटको समयमा सडकमा खसेको ढुङ्गामाटोको पहिरो नपन्छाउँदा सडक अवरोध कायमै रहेको हो । बर्षादको कारण पहिरो आज पनि यथावत नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ ।