प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विदेशी मुद्रा सहित हेटौंडाबाट एक जना पक्राउ

२०८० आश्विन २, मंगलबार ०४:१७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट विदेशी मुद्रा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना वडा नम्बर–९ बस्ने ४० वर्षिय रम्भु दास रहेका छन् ।

हेटौंडा तर्फबाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेक जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट बिभीन्न देशका मुद्रा २३ लाख ३८ हजार ५ सय रुपैयाँ बरामद गरेको गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

उनको साथबाट युरो, जापानी मुद्रा, साउदी रियाल बरामद गरेको प्रहरीले जनाएको छ ।