काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा। युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका हुन् ।
सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएकी हुन् ।
प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पीएसपी रोगले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ रहेको बताईएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ भने २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने छ ।