प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदका लागि रायमाझीको उम्मेद्वारी

२०८० पौष १०, मंगलबार ०७:२३ बजे

थाहानगर – पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि निरज रायमाझीले उमेद्वारी घोषणा गरेकाछन् । थाहा नगरपालिका ३ शिखरकोट निवासी रायमाझी विगत ७ वर्षदेखि जेसी अभियानमा सक्रिय छन् ।

२०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिवको जिम्मेवारी सम्हालि सकेका छन् ।

हाल बर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताउँछन् ।

जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट बर्ष बनाउने बताए।

सामाजिक कार्यमा क्रियाशिल रायमाझी लायन्स क्लव अफ थाहा पिस को बर्ष २०२३र२०२४को सचिव, शिखर बचत तथा ऋण सहकारी संस्था लि. को कोषाध्यक्ष, शिखर बजार ब्यवस्थापन समितिको कार्यसमिति सदस्य, बिमला सप्लायर्सको सञ्चालक, थाहानगर उद्योग बाणिज्य संघको साधारण सदस्य हुन् ।

वर्ष २०२३को लागि अध्यक्ष पदमा उमेद्वारी दिएका रायमाझीले सहमति र सहकार्यको अवधारणालाई आत्मसाथ गर्दै वर्तमान अध्यक्ष संगम कार्कीलाई समर्थन गरेका थिए ।