प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका लोप्चन प्रहरीको फन्दामा

२०८० जेठ ९, मंगलबार ०१:४६ बजे

हेटौंडा – मकवानपुर हेटौंडाका एक युवक नियन्त्रित लागूऔषध सहित पर्साबाट पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चन पक्राउ परेका हुन् ।

प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले सोमबार भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका लोप्चनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट फेनारगन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल र नुर्फिन २९ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।