प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते

२०७९ भाद्र १७, शुक्रबार ०३:३९ बजे

हेटौंडा – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ सापिङ कार्तिकेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २४ वर्षीय धन बहादुर तामाङको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बा २९ प ७३०४ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको हो ।

मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिएको छ ।