हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ आज (शुब्रकार) फाइनल प्रवेशका लागि मकवानपुर र सिन्धुली भिड्दैछन् । काभ्रेस्थित धुलिखेल खेलमैदानमा हुने खेल दिउँसो ३ बजे हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । मकवानपुरले पहिलो खेलमा रामेछापलाई ५–० गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यस्तै सिन्धुलीले सिन्धुपाल्चोकलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आजको खेलमा जित निकाले मकवानपुर फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा उपाधिका लागि दोलखा र धादिङको विजेतासंग भिड्ने प्रशिक्षक भिम लामाले जानकारी दिए ।