हेटौंडा – साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा घरेलु टोली भारतसँग पछि परेको छ । नेपाल घरेलु टोली भारतसँग पहिलो हाफमा १–० ले पछि परेको हो ।
भुवनेश्वरस्थित कालिंगा मैदानमा घरेलु टोलीले नेपालमाथि ३१ औं मिनेटमा गोलको खाता खोल्न सफल भएको थियो । भारतका लागि टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।