प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिकनिक खान गएका एक युवक डुबेर मृत्यु, एक बेपत्ता, एक जीवितै उद्धार

२०७९ कार्तिक ९, बुधबार ०३:०६ बजे

काठमाडौं – भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका ४ का २० वर्षका रोशन खड्का रहेका छन् । भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् भने वीरेन्द्र शाहीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले रोशनको शव निकालेर हाल पोस्मार्टमको लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको बताए। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलङ्गामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मङ्गलवार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक (भोज) को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।