प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या, जय बहादुर पक्राउ

२०७९ कार्तिक १८, शुक्रबार ०७:२१ बजे

हेटौंडा – एक युवकले धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । सिन्धुपाल्चोक घर भएका काठमाडौं गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङले आफ्नै ७० वर्षीया आमा फुलमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको प्रहरीको आरोप छ । जय बहादुरलाई प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

पक्राउ परेका जय बहादुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।