प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

अटो रिक्सा दुर्घटना हुँदा ढुंगानाको मृत्यु

२०७९ माघ १९, बिहीबार १९:२५ बजे

हेटौंडा – झापाको मेचीनगर नगरपालिका ६ मा आज अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ७ करुणा बस्तीका ७३ वर्षीय जय नारायण ढुंगाना रहेका छन् ।

प्रहरीका अनुसार प्रदेश १ ०१ ००१ ह ७६२९ नम्बरको अटो रिक्सा आज बिहान पौने १० बजे पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ ।