प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत

२०८० जेठ २०, शनिबार १३:५९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।

मृत भेटिएका पुरुष भिमफेदी गाउँपालिका–६ देउराली बस्ने ३७ वर्षीय सन्त बहादुर भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान भोलन मनकामना जाने बाटोको जंङगलमा मृत भेटिएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालबाट ल्याईएको थियो । अस्पतालबाटै मृतक परिवारले शव बुझेको प्रहरीले जनाएको छ ।