हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिमलट्वालमा जंगली च्याउ खादा श्रीमान श्रीमती विरामी भएका छन् । स्थानीय बर्ष ५० को प्रेमलाल न्यासुर र उनको श्रीमती बर्ष ३३ कि फुलमाया मोक्तान विरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले शुक्रबार बिहान जंगलबाट ल्याएको जंगली च्याउ सेवन गरेका थिए । उनीहरुको हेटौंडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।