प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

४ सय ८० किलो अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०७९ कार्तिक १९, शनिबार ०३:२७ बजे

हेटौंडा – करिब ४ सय ८० किलो अवैध लागूऔषध (खात) सहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२४ बस्ने ३६ वर्षीय कविराज खड्का र धादिङ सिद्धलेख गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३१ शान्तीनगर बस्ने २८ वर्षीय राम कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

अवैध लागूऔषध ९खात० जस्तो देखिने सुकेको पातका टुक्राहरू ४ सय ८० किलो सहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । कविराजले अवैध लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

कविराजले घरको आँगनमा पार्किङ गरी राखेको बा.२० च १५८ नम्बरको बोलेरोभित्र विभिन्न कार्टुनमा राखिएको २ सय २० किलो र कविराजको घरको कोठाबाट समेत गरी २ सय ६० किलो गरी जम्मा ४ सय ८० किलो उक्त लागूऔषध सहित फेला पारी कविराज र बोलेरो चालक राम कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।